आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।