प्रभु बैंकका कर्मचारी र ग्राहकले होटल सरोवर तथा किङ्गस् लाउन्ज पोखरामा छुट पाउने

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ जेठ। पोखराको लेकसाइडमा रहेकाे होटल सरोवर प्रा.लि र किङ्गस लाउन्जमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बिशेष छुट पाउने भएका छन ।

उक्त छुट सम्बन्धी सम्झाैतामा होटल सरोवरको तर्फबाट डाइरेक्टर प्रतिक पहारी र किङ्गस लाउन्ज पोखराको तर्फबाट प्रबन्धक अजय नकर्मी तथा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन ।

याे सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा बिशेष छुट प्राप्त गर्न सक्नेछन ।

त्यस्तै किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेष छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आबद्वताको प्रमाणका आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि रहेका प्रा.डा. भरत पहारीकाे लगानीमा सन्चालित होटल सरोवरले पोखराको लेकसाइडमा एकै छानामुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितप्रेमी लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा चर्चित रहेकाे छ ।

साे कार्यक्रममा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका महाप्रबन्धक मनिष श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

“बैंक अफ द इयर २०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका हाल नेपालभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम र ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।