नेप्से १५.५४ अंकले बढ्याे, ५ अर्ब ६८ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.६ अंकले बढेर ३८२.६७ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएको छ । संस्थाको २४ करोड ४२ लाख ८० हजार ४१३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ । सबैभन्दा धेरै मानुसि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ८.०५ प्रतिशतले बढेको छ