आज अमेरिकी डलर र यूरोको भाउ घट्यो

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोसहित अन्य केहिको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९९ रुपैयाँ रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची