नेष्डो समृद्ध लघुवित्तले डाक्याे एजिएम, बुकक्लाेज कहिले ?

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते साधारण सभा डाकेकाे छ । साधारण सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसाे साढे १२ बजे बाेलाइएकाे छ । यसपटक साधारण सभामा लाभांश वितरणकाे प्रस्ताव छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायतका एजेण्डाहरुमा छलफल हुने भएकाे छ । साथै आर्थिक वर्ष २०८०–८१ काे लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने र संस्थापक समूहबाट ४ जना सञ्चालकको चयन गरिने भएकाे छ । 

समाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरकाे कार्य गर्नु परे त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव अनुमाेदन गर्नेछ ।

साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने बताएकाे छ । जेठ १७ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु सभामा सहभागि हुने पाउनेछन् ।