सुन तोलामा १८ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १८ सय तथा चाँदीमा ३५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १८ सयले घटेर तोलाको १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले घटेर तोलाको १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।