राष्ट्रिय वाणिज्य बैंककाे प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र रमण खनाल नियुक्त

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० जेठ । राष्ट्रिय वाणिज्य बैककाे रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा देवेन्द्र रमण खनाल नियुक्त भएका छन ।

बैक संचालक समितिकाे आज २०८१ जेठ १० गतेकाे बाेर्ड बैठककाे निर्णय अनुसार खनाललाई बैककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएकाे हाे ।

उनलाई आगामी ४ बर्षका लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे बैकका कंपनी सचिव हेमराज खरेलले बताएका छन ।

हाल साेही बैककाे नायब प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा रहेका खनाल चार्टड एकाउन्टेन्ट समेत हुन।