रू ३५ अर्बकाे निक्षेप संकलनमा आवेदन दिने समय आज मध्यान्हसम्म

-



     सफल आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले रुपैयाँ ३५ अर्बको निक्षेप संकलन उपकरणका लागि आज बोलकबोल हुँदैछ । बजारमा रहेकाे अधिक तरलताको व्यवस्थापन गर्नका लागि बैंकले साे निक्षेप संकलन उपकरण जारी गर्ने भएको हाे।

बैंक तथा वित्तीय संस्थाहरुमा रहेको अधिक तरलता खिच्नका लागि निक्षेप संकलनमार्फत् रुपैयाँ ५ अर्ब तान्ने राष्ट्र बैंकले सूचनामार्फत जनाएकाे छ ।

निक्षेप संकलनकाे बाेलकबाेलकाे लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्न १२ बजेसम्म आवेदन पेश गर्ने समय रहेकाे छ ।

बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको छ। बजारकाे अधिक तरलता व्यवस्थापन गरन निक्षेप संकलन उपकरण प्रयोगमा ल्याउने गर्दछ ।

साँवा र ब्याजकाे मिति जेठ २५ गते निर्धारण गरिएकाे छ । ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ । सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रुपैयाँ १० करोड र बढीमा रुपैयाँ ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न पाउनेछन् ।