सुनमा रु १८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १८ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १८ सयले घटेर तोलाको १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले घटेर तोलाको १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।