गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा भोजन वितरण

-



     सफल आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ जेठ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका वडा नं. १५ मा अवस्थित स्वयम्भूनाथ स्तुपा परिसरमा २५६८औं बुद्ध जयन्तीको शुभ अवसरमा सार्वजनिक हित तथा परोपकारी कामलाई प्राथमिकता दिंदै श्रदालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

नकर्मी समाजको सहकार्यमा सम्पन्न सो कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजको सदस्यहरुको समुपस्थिति रहेको थियो ।

संस्थाले विगत देखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यस्ता सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व रहेकाे बताइएकाे छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको बताएकाे छ ।