प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

-



     सफल आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ जेठ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छन् ।

साे बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।