आइएमई लाइफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ जेठ । जेठ २८ गते साधारण सभा बाेलाएकाे आइएमई लाइफ इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीका अनुसार साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गरिने भएकाे छ । लाभांश पाउन र साधारण सभामा सहभागि हुन का लागि सेयरधनीहरू आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१ प्रतिशत नगद लाभांशसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्नेछ। 

कम्पनीको साधारण सभा जेठ २८ भाटभटेनी, नक्सालमा काठमाडाैंमा रहेकाे आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्टमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान बारे छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककेा नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ ।