नेप्से २२.१४ अंकले घट्याे, ४ अर्ब ४४ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ जेठ । सरकारले आर्थिक वर्ष २०८१, ०८२ को वजेट घोषणा गर्ने दुई दिन अगाडी नेप्से ओरालाको यात्रामा गएको छ ।

आज साताताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालाको यात्रामा जाँदा लगानीकर्ताहरुको मनोवल उच्च हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा झरेको छ । नेप्सेमा १.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४४ अंकले घटेर ३७९.२३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये २ मा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १० लाख ४४ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८३३ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमुल्य ६.३६ प्रतिशतले बढेको छ ।