अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यकाे बढ्यो

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोसहित अन्य केहिको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची