आइएमई लाइफको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १४ जेठ । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेपछि नेप्सेमा सेयरमूल्य समायोजन गरेर सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरिएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजन गरिएपछि इन्स्योरेन्सको सेयरमूल्य रूपैयाँ ४ सय ४८ कायम गरिएकाे छ।

नेप्सेले अघिल्लो कारोबारकाे दिन आइतबार काराेबार भएकाे अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार भएकाे दिन दोस्रो बजारमा प्रतिकित्ता रूपैयाँ ५६० मा अन्तिम कारोबार भएको थियो।

नेप्सेले समायोजन गरेकाे मूल्यकाे आधारमा आ दोस्रो बजारमा सेयर कारोबार शुरू हुनेछ।

इन्स्योरेन्सले जेठ २८ गते सातौँ साधारण सभा बाेलाएकाे छ । सभा आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ बजे ाकिएकाे छ।

सभाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांशसहित २६.३१ प्रतिशत लाभांश वितरणकाे प्रताव अनुमाृदन गरिने भएकाे छ।

यस्तै प्रबन्धपत्र तथा नियमावलीकाे संशोधन, संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको चयन र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक चयन गरिने भएकाे छ । साथै लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायत एजेण्डाहरू सभामा पेश हुनेछन्।