सुन तोलामा ३ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित




काठमाडौं, १४ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ।
छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रूपैयाँ ३ सयले बढेर तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार यस दिन चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।