जलविद्युत् आयोजनाबाट साढे २८ करोड रोयल्टी उठ्न बाँकी

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित



काठमाडौँ, १४ जेठ । विभिन्न जलविद्युत् आयोजनाबाट नेपाल सरकारलाइ तिर्नुपर्ने २८ करोड ६९ लाख ९५ हजार रकम असुल हुन बाँकी देखिएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९-८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख गरिएकाे छ । विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ ।

आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ ।