हकप्रद निष्काशनकाे प्रस्ताव पारित गर्न युनाइटेड अजोडले डाक्याे एजिएम

-



     सफल आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ जेठ । युनाइटेड अजोड इन्स्याेरेन्सले हकप्रद निष्कासनकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीकाे १५ प्रतिशत हकप्रद सेयर खुलाउने भएकाे हाे । हकप्रद सेयर निष्कासनकाे प्रस्ताव अनुमाेदन गर्न जेठ ३१ गते विशेष साधारण सभा डाकिएकाे हाे ।

कम्पनीकाे विशेष साधारण सभाबाट साे प्रस्ताव पारित अनुमाेदन भएपछि कमपनीले सेबानबाट निष्कासनकाे अनुमति लिने र जारी प्रक्रियामा लाग्ने जनाएकाे छ । 

साधारण सभा काठमाडौं टंगालमा रहेकाे आम्रपाली ब्यांकेटमा बिहान १०ः३० बजे बाेलाइएकाे छ । कम्पनीले सभाकाे प्रयोजनार्थ जेठ २५ गते बुक क्लोज गर्नेछ ।

सभामा भाग लिनका लागि सेयरधनीहरुले जेठ २४ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

कम्पनीकाे हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख पुग्ने भएकाे छ ।