बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको जानकारी दिएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।