कामना सेवा बैक र ड्रिम इन्टरनेशनल हाेटलबीच छुट सम्झौता

-



     सफल आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १५ जेठ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीको ड्रिम इन्टरनेशनल हाेटल प्रा लि सँग सेवा शुल्क छुटकाे सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ड्रिम इन्टरनेशनल हाेटलकाे रेस्टुरेन्टमा १० प्रतिशत र लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको जनाएकाे छ ।