सुनमा ६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।