मुक्तिनाथ विकास बैंकका ग्राहकले दिर्घायु पोखरा अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



पोखरा, १६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिने उदेश्यले पोखरा–८, पृथ्वीचोकमा रहेकाे दिर्घायु पोखरा अस्पतासँग छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

याे सम्झौतापछि बैंकका ग्राहकले अस्पतालकोे विभिन्न स्वास्थ्य सेवाहरु अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी आदिमा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकले हाल डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएकाे छ ।