नेप्सेमा २३.८१ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

- पोखरा फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ जेठ । छिटपुट रुपमा सकारात्मक भएपनि अधिक दिनहरुमा नकारात्मक रहँँदै आएको सेयर बजार नयाँ आर्थिक वर्ष २०८१-०८२ को बजेटकाे पर्खाइमा रहेको भएपनि बजेट घोषणा भएको भोलिपल्टै बुधबार बजार नकारात्मक बनेको छ ।

सेयर बजारमा देखिएको नकारात्मक लयले लगानीकर्ताहरुको मनोबल बढ्न सकेन । नेप्सेमा यसदिन २३.८१ अंकको गिरावट भएको छ । यसरी गिरावट हुँदा नेप्से २०८९.४२ विन्दुमा झरेको छ ।

नेप्सेमा १.१२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८२ अंकले घटेर ३७४.०९ विन्दुमा रहेको छ । यसदिन ३१४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ३९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड ५२ लाख १० हजार ६६५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्राृपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.४१ प्रतिशतले घटेको छ ।