गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पाण्डे नियुक्त

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



पाेखरा, १६ जेठ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे पुन: नियुक्त भएका छन । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकाे प्रदेश प्रमुख कार्यालयले जनाएकाे छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले जेठ १४ गते तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीलाइ पदमुक्त हुने फैसला गरेपछि कांग्रेस नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।