गण्डकीमा मुख्यमन्त्री पाण्डेसंगै दुई मन्त्रीले लिए सपथ

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



पोखरा, १६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुईजना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्रीको सपथ लिनेमा विन्दुकुमार थापा र डा टकराज गुरुङ रहेका छन् । पोखरा सभागृहमा आयोजना गरिएको सपथ लगत्तै जिम्मेवारी पनि बाँडफाँड भएको छ ।

मुख्यमन्त्री पाण्डेको भागमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय रहेका छन् ।

थापालाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहेका छन् । यसअघि थापा पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वको सरकारमा कानुन मन्त्री थिए ।

डा गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मुख्यमन्त्री खगराज अधिकारी बाहिरीएका छन् भने पाण्डे पुनः सत्तारोहणमा पुगेका हुन्।