कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ जेष्ठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आज रिहा भएका छन। सहकारी ठगी लगायत विषयका समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज रिहा गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको सिरोहियाको परिवारले बताएका छन ।