लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीकाे एजिएम आज बस्दै

-



     सफल आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ जेठ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न नेपाल पुनर्बीमा कम्पनीकाे नवौँ साधारण सभा आज बस्दैछ ।

सभाले कम्पनीले घाेषणा गरेकाे गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान साढे ९ डाकिएकाे छ ।

सभाले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ। सभामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गरिने भएकाे छ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मा सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, संस्थागत लगानीकर्ताबाट एक जना सञ्चालकको चयन लगायतका एजेण्डाहरू रहेका छन्।

साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज गरेको थियो। लगानीकर्ताले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि जेठ ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।