नेष्डो समृद्ध लघुवित्तकाे साधारण सभा जेठ २५ गते

-



     सफल आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते पाँचौ साधारण सभा बाेलाएकाे छ । सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बस्ने भएकाे छ ।

साधारण सभामा भाग लिनका लागि सेयर सदस्यहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । सभाकाे प्रयोजनका लागि जेठ १८ गते शुक्रबार बुक क्लोज गरिने भएकाे छ । तसर्थ आजसम्म कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिनका लागि याेग्य मानिनेछन् ।

यसपटक कम्पनीले लाभांश वितरणकाे प्रस्ताव राखेकाे छैन । गएकाे वैशाख २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जेठ २५ गते साधारण सभा बस्ने निर्णय गरेकाे थियाे ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन अनुमाेदन गरिनेछ । यस्तै लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एजेण्डामाथि छलफल गरी पारित गरिनेछ । साथै लेखापरीक्षककाे नियुक्ति गरि पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरु रहेका छन् ।