सुनमा एकैदिन रु २३ सयले बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैयाँ २३ सयले बढेको जनाएको छ । चाँदीको भाउ भने रुपैयाँ ३० ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २३ सयले बढेर तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २३ सयले बढेर तोलाको १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।