नेप्से १९.८९ अंकले घट्याे, ४ अर्ब २१ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ जेठ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को वजेट ल्याएको भोलिपल्टै ओरालो लागेको नेप्सेको यात्रामा ब्रेक लाग्न नसक्नुको कारण सेयर बजारमैत्री अझैं हुन नसकेको आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.९० अंकले घटेर ३७०.१९ विन्दुमा रहेको छ ।

यसदिन कुल ३११ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४५१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको ससेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।