गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा स्कूल ब्याग वितरण

-



     सफल आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ जेठ। गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका वडा नं.२२ काे क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आज स्कूल ब्याग वितरण गरेको छ ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेको बताएकाे छ। साे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

संस्थाले हाल मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ। ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी फाइनान्सले एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।