मल्टिपल स्क्लेरोसिस रोग र यसको उपचार

-



     डा राजु पौडेल    
     जेठ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं,१८ जेठ । अहिले मल्टिपल स्क्लेरोसिस रोगका बिरामी बढिरहेका छन । तर याे राेगकाे बारेमा धेरैलाइ जानकारी भएकाे पाइदैन । मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। यसलाई मेडिकलकाे भाषामा डिमाईनेशन पनि भन्ने गरिन्छ।

याे राेगले ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई असर गर्ने भएको कारणले अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिएकाे हाे ।

यो रोगको कारण यो नै हाे भन्ने छैन । जब शरिरमा बनेको एण्टिवडी निष्क्रिय हुन्छन । माइलेनसिथहरु रुखको बोक्रा उकिएझैँ उकिन्छन र त्यसपछि मानिसलाई अचानक हातखुटा लुलो हुने, बोलि लरबरिने हुन थाल्छ ।

याे राेगका बिरामीलाइ झण्डै झण्डै हामीले पक्षघातको जस्तो लक्षण देख्छौँ । पक्षघात हामी बुढो उमेर समूहका ६० र ७० वर्ष उमेर समूहलाई देख्छौँ भने मल्टिपल स्क्लेरोसिस २० र ३० वर्षको युवामा समेत देखिन थालेकाे छ । ५-१० वर्ष उमेर समूहका बच्चामा समेत मल्टिपल स्क्लेरोसिस देखिन्छ ।

धेरैजसो युवा उमेरका मानिसमा याे राेग देखिने भएकाले यसमा सचेतना अपनाउनु जरुरी छ । विरामी सुरुमै पहिचान भयो भने यसको उपचार सम्भव छ ।

कुनैपनि बच्चा वा युवामा हात लुलो भयो वा हात झमझम भयो, मुख बांगो भयो, आँखाको ज्योती अचानक कमजोर भयो, हेर्दाखेरी लरबराउने भयो, हातखुटा लुरो भयो, स्पाइनल कर्डलाई असर गरेको छ भने मल्टिपल स्क्लेरोसिस भएकाे मानिन्छ ।यस्ता लक्षणहरु भएमा तुरुन्त नजिकको अस्पताल गएर डाईग्नोसिस गर्ने वा उपचार गर्नुपर्छ ।

उपचार विधि

माथी उल्लेख गरिएका लक्षण बारम्बार आइरहेको छ र कडा रुपको छ भने हामीले मोनोकोलर एन्टिवडीहरु प्रयोग गर्नुपर्छ । इन्जेक्सन समेत दिन सकिन्छ । हप्तै पिच्छे र ६ र ६ महिनामा इन्जेक्सन दिन सकिन्छ । यो सँगै देखिएका लक्षण अनुसार उपचार गर्न सकिन्छ ।

मल्टिपल स्क्लेरोसिसको बारेमा सबैले पहिचान गर्नु जरूरी भएकाे छ । समयमै उपचार गर्न सके यो रोगको उपचार सम्भव छ । यो रोगको उपचारका लागि औषधीको समय समयमा अभाव हुने र महगों पर्ने हुँदा सरकारले यस किसिमका रोगका लागि विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।

( लेखक: वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको न्यूरोलोजी विभाग प्रमुख हुन्।)