युनाइटेड मोदी हाईड्रोपावरले साधारण सभा बाेलायाे

- १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



काठमाण्डौ, १८ जेठ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बाेलाएको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेकाे बैठकले १० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेकाे हो ।  

सभामा कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवद्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने र हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिने बताइएकाे छ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने र सो अवधिकाे वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने जनाइएकाे छ ।  

उक्त सभामा ४ जना सञ्चालकको निर्वाचन गरिनेछ । साथै अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले बताएकाे छ ।