एनआईसी एशिया बैंकका ऋणीहरुले ब्याज छुट पाउने

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १८ जेठ। एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट योजना ल्याएकाे छ । हालकाे आर्थिक शिथिलताका कारण बैंकका ऋणीहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले २०८१ जेष्ठ महिना भित्रमा सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

याे कर्जा छुट याेजना अनुसार बैकले ९१ दिनदेखि १८० दिनसम्मका कर्जाका ग्राहकलाइ १५ प्रतिशत छुट दिनेछ । १८१ दिनदेखि ३६५ दिनसम्मका ग्राहकलाइ २५ प्रतिशत छुट हुने र ३६५ दिनभन्दा बढि डिउज हुने ग्राहकलाइ ३५ प्रतिशत छुट दिइने बैकले जनाएकाे छ ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले समस्यामा परेका ग्राहक महानुभावहरूले याे योजनामा सहभागी हुन सक्ने बताइएकाे छ।

राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैककाे बिश्वास रहेकाे एनआईसी एशिया बैकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिएका छन ।