कुमारी बैंकको सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ जेठ । कुमारी बैंकको संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएकाे छ ।

लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। लिलामी सेयरका लागि बैंकका संस्थापक सेयरधनीहरू तथा अन्य व्यक्ति, कम्पनी र संघ संस्थाहरूले आवेदन दिन पाउनेछन् । 

आवेदकले घटीमा १०० रुपैयाँ वा त्याेभन्दा बढी मूल्यमा बाेलकबोल गरेर गाेप्य शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।यसका लागि लगानीकर्ताले घटीमा १०० तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

आवेदन दिन चाहने लगानीकर्ताले सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा आवेदन दिनुपर्नेछ