सुनकाे भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ४२ हजार नाघ्याे

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ जेठ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको भाउ बढेकाे छ भने चाँदीको भाउ घटेको छ ।

साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा १७ सयले बृद्धि भएको छ। उता चाँदीको भाउ २५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले गिरावट भई तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।