अभियान लघुवित्तकाे चौंथो साधारण सभा असार ६ गते

-



     सफल आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित



काठमाडाैं, २० जेठ। काभ्रेकाे पनाैतीमा रहेकाे अभियान लघुवित्त वित्तीय संस्थाकाे चौँथो वार्षिक साधारण सभा असार ६ गते बाेलाइएकाे छ ।

साधारण सभामा सहभागी हुनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेम सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै साधारण सभामा भाग लिनका लागि याेग्य मानिनेछन् । यसपटक संस्थाले लाभांश वितरणकाे प्रस्ताव गरेकाे छैन ।

संस्थाकाे जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा असार ६ गते काभ्रेपलान्चोकको पनौतीमा रहेकाे ताम्राकार पार्टी भेन्युमा हुने निर्णय गरेकाे हाे।

साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गरिने भएकाे छ । यस्तै लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरू अनुमाेदन गरिने भएकाे छ ।

साधारण सभा प्रयोजनका लागि जेठ २१ गते साेमबार बुक क्लोज गरिने भएकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरूले आजसम्म सेयर काराेबार गररी कायम भएकाे हुनुपर्नेछ ।