लाभांश अनुमाेदन गर्न आइएमई लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० जेठ । लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न आइएमई लाइफ इन्स्याेरेन्सको साधारण सभा जेठ २८ गते डाकिएकाे छ । इन्स्याेरेन्सको साधारण सभा पूर्वान्ह ११ बजे काठमाडाैं नक्शालमा रहेकाे आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्टमा डाकिएकाे छ ।

सभाबाट गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस तथा करकाे लागि १.३१ प्रतिशत नगद लाभांशसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने दगायतका एजेण्डा पेश गरिने भएका छन्। 

इन्स्याेरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ जेठ १४ गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि लगानीकर्ताहरू जेठ १३ गतेसम्म नेप्सेका सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।