आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघे छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २५ ले भाउ घटेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।