नेप्सेमा १३.५१ अंकको बृद्धि, ४ अर्ब ३१ करोडको काराेबार

-



     सफल आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० जेठ । आर्थिक वर्ष २०८१÷०८२ को नयाँ बजेट घोषणा भएदेखि करेक्सनमा गएको सेयर बजारमा आज सकारात्मक माहोल देखिएको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सेयर बजारमा १३.५१ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २०८३.०४ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा ०.६५ प्रतिशतले बृछि हुँदा सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ३७१.६५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा भने हरियो लागेको छ ।

कुल ३२५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९६ लाख ९७ हजार २०६ कित्ता सेयरको कारोबार बाट ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । बैंकको सेयरमूल्य ९.१३ प्रतिशतले बढेको छ ।