शतप्रतिशत हकप्रद जारी गर्न बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्याे एजिएम

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ जेठ । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर खुलाउन साधारण सभा डाकेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीको शतप्रतिशत हकप्रद खुलाउने जनाएकाे हाे ।

हकप्रद निष्कासनकाे प्रस्ताव अनुमाेदन गर्नका लागि यही जेठ ३० गते विशेष साधारण सभा डाकिएकाे हाे । सभा कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा उक्त दिन बिहान १० बजे बाेलाइएकाे छ । 

साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुधबार बुक क्लोज गर्ने भएकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरले भाेलि जेठ २२ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीको चुक्ता पुँजी रूपैयाँ ४० करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी रूपैयाँ ८० करोड पुग्ने भएकाे छ ।