आज सुन १ हजारले सस्तियो, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजार र चाँदीमा रुपैयाँ १५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रूपैयाँ १ हजारले घटेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।