नेप्सेमा फेरि करेक्सन, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ जेठ । अघिल्लो दिन सकारात्मक बनेको सेयर बजारमा सोमबार भने करेक्सन भएको छ ।

सेयर बजारको नकारात्मक लयले फेरी लगानीकर्ताहरुलाई सोचमग्न बनाएको छ । स्थिर रहेको सकारात्मक माहोल कहिले शुरु हुने यो भने पखाईको विषय बनेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिुसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा झरेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५८ अंकले घटेर ३७०.०६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये एउटा फाइक्रोफाइनान्स उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी रहेका सबै १२ वटैमा रातो लागेको छ ।

कुल ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८८ लाख २० हजार १२५ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ८५ लाख ९५ हजार २४८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईबिएल स्टेबल फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।