मंगलबार सुनचाँदीको भाउ स्थिर रहि खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा नै काराबेबार भएको थियो ।

महासंघका अनुसार यसिदन चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे छ । साेमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।