युनाइटेड मेवा खोला हाइड्रोले आइपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २२ जेठ । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएकाे छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ६ गते साधारणसभा बाेलाएकाे छ ।

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले असार ६ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीकाे रजिष्टर्ड कार्यालयमा प्रथम साधारण सभा बाेलाएकाे हाे ।

साधारण सभामा प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमाथि छलफल गरि पारित गरिनेछ । साथै सभामा आइपीओ निष्काशनका बारेमा छलफल गरि पारित गरिने भएकाे छ । 

सभामा ऋणको अनुमोदन र थप ऋणका लागि निर्णय गरिनेछ। नाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेकाे छ ।