नेप्सेमा ६.२२ अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ जेठ । नेप्सेमा करेक्सन भएको भोलिपल्ट मंगलबार सकारात्मक माहोल देखिएको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेप्सेमा ६.२२ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २०८५.३० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेर ३७२.०२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३१५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८३ लाख ५ हजार ७८६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ ४१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घटेको छ ।