राष्ट्र बैंकले किन राेक्याे पेवेल र सजिलो पेको बैंक खाता ?

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २२ जेठ । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको छ । दुई संस्थाको कारोबार छानबिनकाे क्रममा रहेकाे भन्दै राष्ट्र बैंकले दुबैका बैंक खाता रोक्का गरेर अनुसन्धान गरिरहेकाे छ ।

बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको छ

पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ।