नेपाल एसबिआई बैंक र इसेवा बिच सेवा सहकार्य

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २२ जेठ । नेपाल एसबिआई बैंक र इसेवा बिच इसेवा नेटवर्क,डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने बताइएकाे छ । यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पूर्याउनेछ।

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवा लि. का तर्फबाट प्रमूख कार्यकारी अधिकृत, जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद कांत, प्रमूख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र इसेवाका प्रमूख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।