एलआइसी नेपालले बाेलायाे एजिएम, बुक क्लाेज कहिले ?

-



     सफल आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ जेठ । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले साधारण सभा डाकेकाे छ । कम्पनीले असार १३ गते वार्षिक साधारण सभा बोलाएको हाे।

एलआइसीकाे साधारण सभा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा पाैन १२ बजे डाकिएकाे छ । सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव नभए पनि आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरू रहेका छन् । 

सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेक्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने बताएकाे छ ।

साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले जेठ ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।