बुधबार सुनचाँदीको भाउ घट्यो, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३५ ले गिरावट भई तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा काराेबार भएकाे थियाे ।